काठमाडौँ।
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालको राष्ट्रिय आवश्यकता निर्वाचन भएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको विकल्प नरहेको र तोकिएको मितिमा नै निर्वाचन हुनुपर्नेमा जोड दिए।
प्रचण्डले फागुन २१ गते तय गरिएको निर्वाचन सफल पार्न सबै एकजुट हुन आग्रह गर्दै सरकारले निर्वाचनको मिति सारे संविधान मिचिने दाबी गरे। उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न होस् भन्ने कामना पनि व्यक्त गरे।
त्यसैगरी उनले जेन–जी युवाको नाममा स्टन्ट नगर्न चेतावनी दिँदै जेन–जी कुनै संस्था वा संगठन नभई उमेर समूह मात्र भएको बताए। भ्रष्टाचारविरुद्ध र सुशासनका लागि लडेको नेकपा नै जेन–जीको साँचो अभिभावक भएको उनको भनाइ थियो।
प्रचण्डले मिडियालाई पनि स्टन्टबाजको पछि नलाग्न आग्रह गर्दै जनयुद्ध र जनआन्दोलनका सहिदको अपमान नगर्न चेतावनी दिए।











प्रतिक्रिया