उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं ३ मा रहेको इलाका प्रहरी कार्यालय कटारीले विभिन्न मुद्दाका २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले चेक अनादर र सवारी ज्यान अंगभंग सम्बन्धी कसुरका २ जना फरार प्रतिबादीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानीत उदयपुर जिल्ला अदालत उदयपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका कटारी नगरपालिका वडा नं ४ बस्ने बर्ष ४६ को राम कुमार दनुवारलाई चेक अनादर मुद्दामा जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेर रु २,००० जरिवाना तोकोकामा दनुवार फरार रहेका थिए । यसैगरी अर्का फरार प्रतिवादी कटारी नगरपालिका वडा नं २ कल्याणपुर बस्ने वर्ष ५१ को प्रेम बहादुर बिश्वकर्मालाई सवारी ज्यान अंगभंग मुद्दामा रु ५,०००।– जरिबाना तोकिएको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया