बेवारिसे २०५ के.जी ६६५ ग्राम गाँजा बरामद

470
Shares

उदयपुर ।

उदयपुरको बेलका नगरपालिका ९ रामपुर ठोक्सिलास्थित इलाका प्रहरी कार्यालयको गस्तीमा रहेको प्रहरी टोलीले शनिबार बेवारिसे अवस्थामा रहेको २ सय ५ किलो ६६५ ग्राम गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले मिति शनिबार रातको करिब १२ बजे बेलका नगरपालिका वडा न.८ डुम्रिबोटे स्थित सप्तकोशी नदी किनारमा ६ वटा बोरामा प्याक गरी २ वटा ट्युवमा लोड गरेको अवस्थामा २०५ केजी ६६५ ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।

बरामद गरिएको लागू औषध इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई राखिएको साथै उक्त लागू औषध (गाँजा) ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।