जाँचबुझ आयोगबारे ओलीको अभिव्यक्तिप्रति रिमा विश्वकर्माको आपत्ति


काठमाडौँ।  

उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले जाँचबुझ आयोगले बोलाउँदा देश ठप्प पार्ने अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आपत्ति जनाएकी छन्। शनिबार चितवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले देश कुनै कुटि नभएको र जसले पनि खुलाउने–ठप्प पार्ने कुरा गैरजिम्मेवार भएको बताइन्।

उनले संविधानको पालना नगर्नेहरूले नै वर्तमान अन्तरिम सरकारलाई असंवैधानिक भन्नु विरोधाभासपूर्ण भएको उल्लेख गरिन्। संविधान नमान्ने व्यक्तिलाई नागरिक मान्ने कि नमान्ने भन्ने विषयमा गम्भीर बहस आवश्यक भएको उनको भनाइ थियो।

साथै, उनले मानविय संवेदना नदेखाउने नेतृत्वले समाज र देशलाई गलत दिशातर्फ लैजान सक्ने भन्दै चिन्ता व्यक्त गरिन्।