काठमाडौँ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ नलड्ने स्पष्ट पारेका छन्। उनले अघिल्लो निर्वाचनमै सार्वजनिक रूपमा गरेको घोषणाअनुसार यसपटक उम्मेदवार नहुने बताएका हुन्। गृह जिल्ला नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै केसीले आफू बोलेको कुरामा अडिग रहने नेता भएको उल्लेख गरे।
नुवाकोट–२ का क्षेत्रीय सभापति जगतबहादुर तामाङले गलत सन्देश जान नदिन समानुपातिकतर्फ केसीको नाम सिफारिस गरिएको बताए। तर, केसीले आफूलाई समानुपातिकमा पनि इच्छुक नभएको स्पष्ट पारे।
प्रत्यक्षतर्फ निर्वाचन नलडे पनि राजनीतिबाट भने टाढा नहुने केसीले बताए। पार्टीभित्र एकता र सुदृढीकरणका लागि केन्द्रीयदेखि तल्लो तहसम्म सक्रिय रहने उनको भनाइ छ।











प्रतिक्रिया