काठमाडौँ।
पर्वतारोहण तथा पदयात्राका क्रममा हुनसक्ने जोखिमबाट जोगाउन महिला गाइडलाई ‘माउण्टेन फस्र्ट एड ट्रेनिङ’ प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सह–लगानीमा सञ्चालित दिगो पर्यटन परियोजना अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।
तालिममा चोटपटक, हाइपोथर्मिया, उचाइजन्य रोग तथा महिला स्वास्थ्यसँग सम्बन्धित आकस्मिक जटिलतामा तत्काल अपनाउनुपर्ने प्राथमिक उपचारबारे व्यावहारिक ज्ञान दिइएको छ। हिमाली क्षेत्रमा पदयात्राका क्रममा देखिन सक्ने समस्याको तुरुन्त समाधानका उपायमा प्रशिक्षण केन्द्रित गरिएको छ।
इन्भायरोमेण्टल एजुकेशन प्रोजेक्ट (किप) का व्यवस्थापक तारादत्त जोशीका अनुसार तालिमले हिमाली क्षेत्रमा महिला गाइडको सहभागिता बढाउँदै उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ। तालिममा पर्यटक गाइडका रूपमा काम गर्ने १९ जना महिलाको सहभागिता रहेको छ। उहाँले यस्ता तालिमले स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै पर्वतारोहणलाई सुरक्षित बनाउने विश्वास व्यक्त गर्नुभयो।











प्रतिक्रिया