काठमाडौं ।
काठमाडौंस्थित ओमबहाल उपकारी कोषले वर्षभरी दिवंगत भएकाहरुको आत्माशान्ति तथा निर्वाणका साथै सम्पूर्ण प्राणी जगतको हित तथा लामो आयूको कामना गर्दै पवित्र महापरित्राण पाठको आयोजना गरेको छ । आज दिनभरी चल्ने उक्त महापरित्राण पाठका लागि बिहान सबेरै बिभिन्न सांस्कृतिक बाजागाजाका साथ गणबहाल महाविहारबाट बुद्धको मूर्ति ओमबहालको नःबहीमा ल्याइएको थियो ।

शील प्रार्थनाबाट शुरु भएको कार्यक्रममा भिक्षु सोभित महास्थविरबाट धर्मदेशना भएपछि महापरित्राणको आरम्भ भएको थियो । कार्यक्रममा भन्ते तथा गुरुमाहरुलाई अष्टपरिकार दान तथा भोजन गराउनुका साथै अष्टपरित्राण पाठ गरिएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं. २३ को सक्रिय सहयोगमा संचालन भइरहेको महापरित्राण पाठ कार्यक्रममा श्रीखण्ड तरुमुल महाविहारका साथै विभिन्न विहारहरुको पनि सहभागिता रहेको छ ।












प्रतिक्रिया