काठमाडौँ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तोल ल्होसारजस्ता मौलिक चाडपर्वहरूले नेपालको सांस्कृतिक विविधता संरक्षण गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउने बताउनुभएको छ। तोल ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले पर्वलाई पर्यटनसँग जोडेर प्रवर्धन गर्न सके स्थानीय अर्थतन्त्र चलायमान हुने र देशमा सकारात्मक ऊर्जा फैलिने उल्लेख गर्नुभयो।
उहाँले तोल ल्होसार नयाँ वर्षको आगमनसँगै सामाजिक सद्भाव, आपसी विश्वास र सांस्कृतिक पहिचान सुदृढ गर्ने अवसर भएको बताउनुभयो। संविधानका मूल मूल्यहरूलाई चाडपर्वहरूले थप बलियो बनाउने उल्लेख गर्दै उहाँले यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ।











प्रतिक्रिया