काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन्।
बिहान ९ बजे आफ्नै निवासमा हुने बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्।
बैठकमा आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनबारे छलफल हुने बताइएको छ। कांग्रेसले पुस १६ गते वडा अधिवेशन र २६ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।











प्रतिक्रिया