काठमाडौँ।
नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २० करोड रुपियाँ बैङ्क तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैङ्कले सूचना जारी गर्दै इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई पुस ७ गतेभित्र ब्याजदर सहित आवेदन दिन आग्रह गरेको छ। सूचनाअनुसार क वर्गका वाणिज्य बैङ्कमा ९६ करोड, ख वर्गका विकास बैङ्कमा १८ करोड र ग वर्गका वित्त कम्पनीमा ६ करोड रुपियाँ लगानी गरिनेछ।
लगानीका लागि बैङ्क तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको, न्यूनतम पूँजीकोष कायम भएको, कर्जा सापटी अनुपात ८ प्रतिशतभित्र र खुद् निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम हुनुपर्ने शर्त तोकिएको छ।











प्रतिक्रिया