काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशका अन्य भूभागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
हाल कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। आज राति कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।











प्रतिक्रिया