काठमाडौँ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाले संवैधानिक आयोगहरूबाट प्राप्त वार्षिक प्रतिवेदनहरुलाइ सभाको बिजनेस बनाउनुपर्ने कुरामा जोड दिएकी छन्।
संघीय संसद सचिवालयले आज काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सभाको १८ औं अधिवेशनको कार्यसम्पादन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै संबैधानिक आयोगले कस्ता कार्य गरेका छन् भनेर सुसूचित गराउनका लागि पनि प्रतिवेदनहरु सभाको बिजनेस बनाइनुपर्ने कुरामा जोड दिएकी हुन् ।
‘हाम्रो संवैधानिक व्यवस्था अनुसार गठन भएका आयोगका वारेमा जानकारी प्राप्त होस्।उनले भनिन् ,‘हामीले यी प्रतिवेदन छलफल नगर्दा एउटा आन्दोलनवाट आवश्यकता महशुष गरी संविधानमा व्यवस्था गरी गठन गरिएका आयोगले जनहितमा के के काम गरे भनेर जनता सु९सूचित हुनवाट वञ्चित भएका छन्। संवैधानिक आयोगका प्रतिवेदनहरु सभामा पेस भएपनि बिजनेस बन्न नसकेको अवस्थामा यसलाई बिजनेस बनाउनु नै आयोगको कार्य सम्पादन समेत बढाउन प्रभावकारी बनाउने उपाय हुने उनको भनाई थियो।
उपाध्यक्ष घिमिरेले दुवै संसदका नियमावलीमा गरिएका व्यवस्थालाई कतिपय विषयमा एकरुपता दिनुपर्ने र कतिपय राष्ट्रिय सभाले मात्र परिमार्जन गर्नु पर्ने विषयका बारेमा पनि राम्रो तयारी गर्न राष्ट्रिय सभाले नसकेको चर्चा गर्दै यसलाई अव तत्काल अगा अगाडि वढाउनु पर्दछ भनिन् । उनले
प्रश्नोत्तरको विस्तार र नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नतिका विषयमा विकास आर्थिक मामिला तथा शुसासन समितिको तर्फबाट बनाइएको उपसमितिले तयार पारी समिति मार्फत सभामा पेस भएको प्रतिवेदन माथि स्वयं प्रधानमन्त्रीले जवाफ दिनु एक असल अभ्यासका रुपमा हेर्न सकिने उनको भनाई थियो।
विधायन प्रक्रियाको निरन्तरता, रुलिङको प्रभावकारी कार्यान्वयन, समिति प्रणालीको सुदृढीकरण र नागरिकसँगको प्रत्यक्ष संवाद आगामी कार्यसूचीका प्राथमिकतामा राख्नुपर्ने कुरामा पनि उपाध्यक्ष घिमिरेले थप जोड दिएकी छन् ।
उपाध्यक्ष घिमिरेले निजामती कर्मचारी, भुमि, वैकल्पिक वित्त, विद्यालय शिक्षा, प्रहरी जस्ता संघीयतामा प्रभाव पार्ने जनसरोकार भएका महत्वपूर्ण विधेयक पास गर्ने सम्भावनाकाबीच भदौ २३ मा भएको युवाहरुको आन्दोलन र त्यसबाट सृजित विषम परिस्थितीले ती सवै विधेयक अगाडी वढ्न नसक्नु संसदीय क्षेत्रका लागि ठूलो क्षति भएको छ भनिन् ।
उपाध्यक्ष घिमिरेले संसदीय अभ्यासलाई जनताका विचमा प्रष्ट्याउन नसक्नु तथा संसदमा सांसदहरुले आफ्नो विचार राख्दा आफूले गरेका कामका विषयमा भन्दा एक अर्का प्रति कटाक्ष गर्नुमा बढी समय विताउनुका कारण पनि जनतामा केहि गुनासो पक्कै बढेको स्विकार गर्दै प्रतिनिधि सभा भन्दा यस्ता विषयमा राष्ट्रिय सभा अलि गम्भीर भएपनि पर्याप्त भएकाले आगामी दिनमा राष्ट्रिय सभाको कार्यभार र भूमिका अझ ओझिलो बनाउनु जरुरी छ भनिन् ।











प्रतिक्रिया