ब्राउन सुगरसहित १ जना पक्राउ

0
Shares

उदयपुर। 

उदयपुरको बेलका नगरपालिका वडा नं ९ स्थित मदनभण्डारी लोकमार्गको रामपुर बजारबाट इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीको गस्तीटोलीले एक जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शुक्रवार बिहान ७ः४० बजे बेलका नगरपालिका वडा नं.९ रामपुरबजार स्थित मदन भण्डारी लोकमार्गमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा  १०० मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

  बिराटनगरबाट कटारीतर्फ जाँदै गरेको प्र —१—०—(००२ ख ००६७ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा सोही बसका सह चालक त्रियुगा नगरपालिका वडा नं ७ कालीखोला बस्ने बर्ष २२ को रेमन मग्रातीले लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको लागू औषधसहित निजलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका रेमन मग्रातीलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।