काठमाडौं
नेपाली क्रिकेटको नयाँ पुस्ताका चम्किला तारा, सुदूरपश्चिमका उदीयमान क्रिकेट स्टार हेमन्त धामी अन्तर्राष्ट्रिय शिक्षा परामर्श संस्था बिज एजुकेशनको आधिकारिक क्रिकेट ब्रान्ड एम्बेसडर बनेका छन्। आज गुट्ठाघरमा आयोजित विशेष कार्यक्रममा बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्की र क्रिकेटर धामीले तीन वर्षको सम्झौता हस्ताक्षर गरेका छन्, जसलाई प्रत्येक वर्ष आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था छ।
बिज एजुकेशनका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई युवाको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि हो। बिज एजुकेशनले यसअघि नै हास्य तथा फिल्म क्षेत्रबाट जितु नेपाल (मुन्द्रे), फुटबल क्षेत्रबाट पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंह र ब्याडमिन्टनबाट खेलाडी स्वोरलिन श्रेष्ठलाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरिसकेको छ। बिज एजुकेशनले खेलकुद, सिर्जनात्मक क्षेत्र र शिक्षा लाई समान रूपमा अघि बढाउँदै युवाको सर्वाङ्गीण विकासमा जोड दिंदै आएको छ।

कार्यक्रममा बोल्दै बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक कार्कीले बिज एजुकेशन केवल बेलायतका प्रतिष्ठित विश्वविद्यालय प्रवर्द्धन गर्ने संस्था मात्र नभई नेपाली विद्यार्थीलाई सबैभन्दा पहिला शैक्षिक, मानसिक र आर्थिक रूपमा तयार पार्न विश्वास गर्ने संस्था भएको उल्लेख गरे। उनले भने– ‘बिज एजुकेशनले कहिल्यै पनि विद्यार्थीलाई विदेश जान दबाब दिँदैन। नेपालमै पनि गुणस्तरीय विश्वविद्यालयहरू उपलब्ध रहेकाले स्नातक तह नेपालमै अध्ययन गर्दा पनि राम्रो हुन्छ । विदेशमा गएर अध्ययन गर्ने हो भने प्राविधिक शिक्षा वा कुनै न कुनै शीप सिकेर मात्रै जानु राम्रो हुन्छ ।’ उनले १२ कक्षापछि नै बेलायत जाने धेरै विद्यार्थीले आज अत्यधिक संघर्ष र कठिनाइ भोगिरहेको जानकारी दिंदै पर्याप्त बजेट, तयारी र परिपक्वता बिना महँगो देश रोज्नु बुद्धिमानी नहुनेमा जोड दिए। कार्कीका अनुसार बिज एजुकेशनको भूमिका विद्यार्थीलाई विदेश पठाउने मात्र नभई सही निर्णय गर्न सक्षम बनाउने जिम्मेवारी हो। कार्यक्रममा खेलकुद र शिक्षाबीचको सम्बन्धबारे पनि चर्चा गर्दै उनले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्ने बताए। यी गुण अन्तर्राष्ट्रिय शिक्षा तथा जीवनमा सफल हुन आवश्यक रहेको उल्लेख गर्दै बमबप्एले बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको जानकारी दिए।

कार्यक्रममा नवनियुक्त ब्रान्ड एम्बेसडर हेमन्त धामीले बिज एजुकेशनप्रति आभार व्यक्त गर्दै शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउँदा आफूलाई गर्व लागेको बताए। साथै त्रमकप्दृ आफूले खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिने सन्देश युवामाझ पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा बिज एजुकेशनले आगामी दिनहरूमा पनि जिम्मेवार शिक्षा परामर्श, वित्तीय योजना सम्बन्धी सचेतना, र नेपाली युवाको प्रतिभा प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। संस्थाले विद्यार्थी तथा अभिभावकलाई भावनामा होइन, यथार्थ, क्षमता र दीर्घकालीन भविष्यको आधारमा निर्णय लिन प्रेरित गर्ने नीति दोहर्याएको छ।











प्रतिक्रिया