काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन्।
जिल्ला अदालत रुपन्देहीमा शुक्रबार साँझ ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले आफ्नो बोल्ने समय नआएको समेत बताएका छन् । अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने समेत उनकाे भनाइ छ।
लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको गत साउन २६ गतेको आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो।











प्रतिक्रिया