काठमाडौँ।
सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्।
सभापति लामिछानेले शुक्रबार रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा भएका हुन्। उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार उनलाई धराैटीमा छाेड्न आदेश दिएको थियाे। लामिछाने विदेश यात्रा गर्न परेमा अदालतलाई पूर्वजानकारी गराउनुपर्ने आदेशमा भनिएकाे छ।
न्यायाधीश आचार्य र पौडेलको इजलासमा लामिछानेले को मुद्दाको सुनुवाइ भएको हो। लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनेर निवेदन दिएका थिए ।











प्रतिक्रिया