रवि लामिछाने सवार बुद्ध एयरको विमान काठमाडाैंबाट भरतपुर उड्याे


काठमाडौँ।

भैरहवा विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ।

लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय खघि मात्रै चितवनको भरतपुर उडेको हाे । केन्द्रीय कारागारका डीएसपी जेसी शाहले लामिछानेलाई विमानमा लिएर गएका छन्। शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिनुपरेकाे थियाे।

सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछाने शुक्रबार रिहा हुने भएका छन् । उच्च अदालत बुटवल इजलासको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी शुक्रबार लामिछाने रिहा हुने भएका हुन् । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएका कारण बिहीबार रिहा हुन सकेका थिएनन् ।

उच्चका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार लामिछानेलाई ३ वटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।