भैरहवाको उडान प्रभावित, रवि लामिछाने चितवन हुँदै जाने


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा जाने कार्यक्रम चितवन हुँदै तय भएको छ।

आज बिहान भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका लामिछाने भैरहवाको मौसम खराब भएपछि दिउँसो १ बजेसम्म पनि जहाज उड्न नसकेपछि चितवन हुँदै स्थलमार्ग प्रयोग गरेर भैरहवा जाने भएका हुन्।

रास्वपाका नेता गणेश पराजुलीका अनुसार काठमाडौंबाट भैरहवाको उडान रद्द भएपछि लामिछाने भरतपुर हुँदै भैरहवा प्रस्थान गर्न लागेका हुन्।

बिहीबार उच्च अदालत बुटवल–तुलसीपुरले थुनामुक्त अवस्थामा नै मुद्दा लड्न पाउने आदेश दिएपछि अदालती प्रक्रिया पूरा गर्न उनी जिल्ला अदालत रुपन्देही जान लागेका हुन्।