आज सुन–चाँदीको भाउ घट्यो


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ६० हजार ४ सय रुपैयाँ थियो। यसअघि गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।

यसैगरी चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७५ रुपैयाँ घटेर ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।