दमक नमुना च्याम्पियनसिप पौषमा


काठमाडौं ।

दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा दमक नमुना च्याम्पियनसिप २०८२ पौषको दोस्रो सातामा हुने भएको छ । च्याम्पियनसिप पौष १०, ११ र १२ गते हुने पत्रकार सम्मेलनमा जनायो ।

दमक नगरपालिका ७ स्थित आयोजकको आफ्नै कभर्ड हलमा हुने च्याम्पियनसिपमा विभिन्न ७ विधामा प्रतिस्पर्धा हुने आयोजकले बतायो । प्रतियोगितामा करिव ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ ।

कुल ६ लाख ६५ हजार पुरस्कार रासी रहेको च्याम्पियनसिपमा खुला पुरुष युगल र १०० प्लस पुरुष मास्टर युगल तर्फका बिजेता, उपबिजेता र सेमिफाइनलिस्टले नगद ७१ हजार, ५१ हजार र ४१ हजार प्राप्त गर्नेछन् ।

यस्तै मिक्स युगल, महिला युगल र बि डिभिजन खुला पुरुष युगल तर्फ ४१ हजार, ३१ हजार र २१ हजार, उमेर समूह तर्फ १० हजार, ६ हजार र ६ हजार प्राप्त गर्ने बिज्ञप्तीमा जनाइएको छ । तीन दिने च्याम्पियनसिको अनुमानित लागत २४ लाख ७४ हजार रहेको छ ।