काठमाडौं ।
जारी एन्फा यू १६ पुरुष फु्टबल लिगमा चार टोली उपाधि होडमा रहेका छन् । जसमा, मच्छिन्द्र एफसी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र मनाङ मस्र्याङदी क्लब हुन् ।
बिहीबार मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९–० को फराकिलो गोलअन्तरले हराएको हो । यस्तै, पुलिसले श्रीभगवती क्लबलाई ५–१ ले हराउँदा फ्रेन्ड्सले नेपाल एपीएफ एफसीलाई २–० ले पराजित गरेको थियो ।
योसँगैैं मच्छिन्द्र र पुलिसको समान २२ खेलबाट समान ४९ अंक भएको छ । गोलभिन्नतामा मच्छिन्द्र शीर्ष स्थानमा रहेको छ । यस्तै, फ्रेन्ड्स भने २२ खेलमा ४५ अंक जोडेर तेस्रो स्थानमा छ । एक खेल कम खेलेको मनाङसँग पनि ४५ अंक नै छ ।
१४ वटा टोलीको सहभागिता रहेको यू १६ लिग दोहोरो राउन्डमा खेलाइएको हो । जसअनुसार एक टोलीले २६ खेल खेल्नेछ । अब, बाँकी चार चरणको खेलले च्याम्पियनको टुंगो लगाउनेछ ।











प्रतिक्रिया