काठमाडौं ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका दिवंगत सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न ‘जेनजी सहिद स्मारक फुटसल प्रतियोगिता’ आयोजना हुने भएको छ । बिहीबार आयोजक मित्रनगर राइजिङ क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
प्रतियोगिता यही पुस ४ र ५ गते सामाखुसीस्थित मनाङ मस्र्याङ्दी फुटसल कोर्टमा हुनेछ । प्रतियोगिताको विजेता टोलीले एक लाख र दोस्रो हुने टोलीले ५० हजार पाँच सय ५५ रुपैयाँ पाउने आयोजकले बतायो ।
प्रतियोगिताबाट खर्च कटाएर बाँकी रहेको रकम सामाजिक कार्य र सहिद परिवारको सहयोगमा खर्च गरिने आयोजकले प्रतिबद्धता जनाएको छ । प्रतियोगिताको अनुमानित कूल लागत ७ देखि ९ लाख रुपैयाँ रहेको छ ।
प्रतियोगिता आयोजनाका लागि विदेशमा रहेका शुभचिन्तकहरुले योगदान गरेका छन् । युकेबाट राम गुरुङ, हङकङबाट स्यामस्योन गुरुङ र प्रदीप गुरुङलगायतले आर्थिक तथा नैतिक समर्थन प्रदान गरेको आयोजकले बताएको छ ।











प्रतिक्रिया