सबै दल निर्वाचनको तयारीमा जुटिसके : मन्त्री खरेल


काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्।

बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपाल को ६१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले दलहरूले उम्मेदवार सिफारिस गर्न थालिसकेको र निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाएको बताए।

मन्त्री खरेलले कतिपय दलहरूले गाउँदेखि शहरसम्म अभियान सञ्चालन गरिरहेको पनि उल्लेख गरे।