एमाले ११औँ महाधिवेशन : ११३९ मतगणनाको पछिल्लो अपडेट


काठमाडौं ।

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा ११३९ मतगणना हुँदा अध्यक्षसहित विभिन्न पदमा रोचक प्रतिस्पर्धा देखिएको छ।

अध्यक्ष अध्यक्ष पदमा केपी शर्मा ओली ८४३ मतसहित स्पष्ट अग्रतामा छन् भने ईश्वर पोखरेलले २९६ मत पाएका छन्। उपाध्यक्ष उपाध्यक्ष पदमा पृथ्वी सुव्वा गुरुङ ९०० मतसहित शीर्ष स्थानमा छन्। विष्णु प्रसाद पौडेलले ८४६ मत, रामबहादुर थापा ‘बादल’ ले ७७४, गोकर्णराज विष्टले ७१३ र रघुजी पन्तले ६१७ मत प्राप्त गरेका छन्। गुरु प्रसाद बराल (५८५), बिन्दा पाण्डे (४७४), टंक प्रसाद कार्की (१८६), भिम प्रसाद आचार्य (१४३), अरुण नेपाल (२२३) र पर्शुराम मेघी गुरुङ (२३४) को मत संख्या कम देखिएको छ।

महासचिव महासचिव पदमा शंकर पोखरेल ६१३ मतसहित अगाडि छन् भने सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन्। उपमहासचिव उपमहासचिवमा लेखराज भट्ट ७३४ मतसहित अग्रस्थानमा छन्। योगेश भट्टराई (७०९), रघुवीर महासेठ (६८९), विष्णु प्रसाद रिमाल (५४०) र आनन्द प्रसाद पोखरेल (३३४) ले उल्लेख्य मत पाएका छन्। वैजनाथ चौधरी (२७१) र राजेन्द्र प्रसाद गौतम (१४०) पछाडि छन्।

सचिव सचिव पदमा पद्मा कुमारी अर्याल ७७८ मतसहित अगाडि छन्। महेश बस्नेत (७८३), छविलाल विश्वकर्मा (७६९), शेरधन राई (७६७), खगराज अधिकारी (६८०), हिक्मत कुमार कार्की (६७२), यमलाल कडेल (६२६), राजन भट्टराई (५८१) र भानुभक्त ढकाल (५५२) ले बलियो उपस्थिति जनाएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।