काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। गोरखापत्र संस्थानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रले विगतमा अनेक आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको स्मरण गराउँदै अब पनि उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताउनुभयो।
गभर्नर पौडेलका अनुसार देशको आर्थिक तथा सामाजिक मनोबल स्थिर राख्ने आधारहरूमध्ये आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो। कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा चुनाव लडेर जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उहाँले उल्लेख गर्नुभयो। साथै, परम्परागत दल बाहिरबाट पनि प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको उहाँको भनाइ थियो।











प्रतिक्रिया