रवि लामिछाने–छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा


काठमाडौं ।

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलको एक नम्बर इजलासमा परेको छ।

न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा मुद्दा सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

यसअघि मुद्दा हेर्न नमिल्नेमा परेको थियो भने रवि पक्षका कानुनी व्यवसायीको निवेदनका कारण बहस दुईपटक रोकिएको थियो। सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन्।