काठमाडौँ ।
नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा अध्यक्षमा केपी शर्मा ओलीले स्पष्ट अग्रता बनाएका छन्। पछिल्लो मत परिणामअनुसार ओलीले ४८९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले १७७ मत पाएका छन्। उपाध्यक्षतर्फ प्रतिस्पर्धा कडा देखिएको छ। पृथ्वी सुब्बा गुरुङले ३५६ मतसहित अग्रता लिँदा विष्णु प्रसाद पौडेलले ३४९ मत पाएका छन्। त्यसपछि क्रमशः रामबहादुर थापा (३०९), गोकर्ण विष्ट (२५६), रघुजी पन्त (२५३), गुरु प्रसाद बराल (२४२), बिन्दा पाण्डे (१७९), परशुराम मेघी गुरुङ (८६), अरुण नेपाल (७९), टंक प्रसाद कार्की (७५) र भीमप्रसाद आचार्य (५१) मतसहित छन्।
महासचिवमा शंकर पोखरेलले ३६४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् भने सुरेन्द्र प्रसाद पाण्डेले ३०२ मत पाएका छन्। उपमहासचिवतर्फ लेखराज भट्ट २९३ मतसहित अगाडि रहँदा रघुवीर महासेठ (२६६), योगेश भट्टराई (२६४), विष्णु प्रसाद रिमाल (२२०), आनन्द प्रसाद पोखरेल (१३३) र वैजनाथ चौधरी (९७) ले पछ्याइरहेका छन्। सचिव पदमा महेश बस्नेत र छविलाल विश्वकर्माले समान ३११–३११ मत प्राप्त गरेका छन्।
त्यसपछि पद्मा कुमारी अर्याल (३०५), शेरधन राई (३००), खगराज अधिकारी (२७९), हिक्मत कुमार कार्की (२७४), यामलाल कँडेल (२५९), राजन भट्टराई (२३५), भानुभक्त ढकाल (२२५), पुरुषोत्तम पौडेल (१८६), गोकुल प्रसाद बास्कोटा (१९२), ठाकुर प्रसाद गैरे (१७५), कर्ण बहादुर थापा (१६६), रचना खड्का (१५९), लालबाबु पण्डित (१५०), विनोद प्रसाद ढकाल (१४८), अग्नि प्रसाद खरेल (१३९), कृष्ण गोपाल श्रेष्ठ (११४), पेम्बा लामा (८५) र इन्द्रलाल सापकोटा (७४) मतका साथ रहेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। पार्टीभित्र शक्ति सन्तुलन र आगामी नेतृत्वको दिशा निर्धारणमा यी नतिजाले निर्णायक प्रभाव पार्ने देखिएको छ ।











प्रतिक्रिया