काठमाडौँ ।
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ योगदान गरेको छ । मिति २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोगस्वरूप उपलब्ध गराएको हो ।
उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले आज मिति २०८२/०९/०३ गते बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । कोषमा योगदान पुर्याएकोमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । उनले निजी क्षेत्रको यस्तो सहयोगले पुनर्निर्माण र राहत कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।











प्रतिक्रिया