काठमाडौं ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा भएको मतदानको गणना सुरु भएको छ। निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी छ।
निर्वाचनमा जम्मा २,२६३ मतदाता रहेका थिए, जसमा २,२२५ मत खसेको छ भने ३६ मतदाता अनुपस्थित रहेका थिए। मतदान बुधबार बिहान ९ बजेबाट सुरु भई बिहीबार बिहान ७ बजे समाप्त भएको थियो।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल, तथा महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेबीच प्रतिस्पर्धा छ। निर्वाचन आयोगले सबै पदको नतिजा एकैसाथ सार्वजनिक गर्ने तयारी गरेको छ।











प्रतिक्रिया