पारिवारिक कथामा निर्मित फिल्म आबाट आमामा समावेश मर्मस्पर्शी गीत सृष्टिकै पहिलो नाम राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
चन्द्र पन्तद्वारा निर्देशित फिल्मको गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित विष्टलगायतलाई प्रस्तुत गरिएको छ। भिडियोमा परदेशिएको छोराको बिलौना र आमाको माया दर्शाइएको छ। मार्मिक गीतमा शब्द रचना र संगीत बाबुल गिरीको छ भने गायन रवि ओडको छ। गीतको भावअनुसार नै भिडियो निर्माण गरिएको छ। जसमा सन्तानप्रतिको माया ममता र स्नेहको कथा पोखिएको छ।
कार्यक्रममा निर्देशक चन्द्र पन्तले आबाट आमा आप्mनो ड्रिम प्रोजेक्ट रहेको बताए। ‘यो मेरो ड्रिम प्रोजेक्ट हो’,उनले भने, ‘जुन हामीले धेरै सफलताका साथ सम्पादन गरेका छौ“।’ निर्देशक पन्तकै कथा र पटकथा रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, वेगम नेपालीलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कु“वर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाद्वारा निर्मित फिल्ममा लेखन अभिमन्यू निरवी, संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्त, संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, कोरियोग्राफी गम्भीर विष्ट र दिलीप ओखेडा, डिओपी नवराज उप्रेतीको रहेको छ। फिल्म आगामी माघ १६ गते अल नेपाल रिलिज हुँदैछ।











प्रतिक्रिया