काठमाडौँ ।
नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने काम जारी छ । प्राविधिक राम रिमालका अनुसार हालसम्म १७ वटा चिप निकालिसकिएको छ । अबको १०–१५ मिनेटभित्र सबै चिप निकाल्ने काम सकिने उनले जानकारी दिए ।
चिप निकाल्ने प्रक्रिया पूरा भएपछि निर्वाचन समितिको बैठक बस्ने र त्यसपछि मतगणना सुरु हुने बताइएको छ ।











प्रतिक्रिया