काठमाडौं ।
नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा. बद्री रिजालको नेतृत्वमा रहेको समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छ । रिजाल नेतृत्वको टिमले बुधबार संघको केन्द्रीय कार्यालयमा पुगेर निर्वाचन समितिसमक्ष समूहगत रूपमा उम्मेदवारी दर्ता गराएको हो ।
उक्त समूहबाट अध्यक्ष पदमा डा. बद्री रिजाल र वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारीले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्ष तथा प्रदेश संयोजक पदका उम्मेदवारहरूमा कोशी प्रदेशबाट डा. रोशन खड्का, मधेस प्रदेशबाट डा. अमित रञ्जन मिश्र, वागमती प्रदेशबाट डा. विना श्रेष्ठ, लुम्बिनी प्रदेशबाट डा. दिनेश चौधरी, गण्डकी प्रदेशबाट डा. नवराज लम्डारी, कर्णाली प्रदेशबाट डा. सोभित र सुदूरपश्चिम प्रदेशबाट डा. प्रमोद जोशी रहेका छन् ।
यसै गरी महासचिव पदमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–सचिवमा डा. हुलास अग्रवाल तथा सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्लको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्य पदका उम्मेदवारहरूमा डा. प्रभुराम घिमिरे, डा. राकेश साह, डा. सुवास भट्टराई, डा. हिमलाल भण्डारी, सुबोध मिश्र र डा. सोहित काफ्ले रहेका छन् ।
यसअघि डा. मंगल रावलको नेतृत्वमा रहेको समूहले पनि समूहगत रूपमा उम्मेदवारी दर्ता गराइसकेको छ । यससँगै एनएमए निर्वाचनमा प्रतिस्पर्धा थप रोचक बनेको छ । निर्वाचन समितिका अनुसार काठमाडौं उपत्यकाबाहिर २०८२ साल माघ २ र ३ गते मतदान हुने छ भने काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुने कार्यक्रम तय गरिएको छ ।











प्रतिक्रिया