काठमाडौँ ।
नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अपेक्षाभन्दा ढिलो गतिमा अघि बढिरहेको छ । निर्वाचन समितिका अनुसार हालसम्म ३१२ मत खसेका छन् ।
मतदान प्रक्रियामा समय बढी लाग्दा व्यवस्थापनमै चुनौती देखिएको छ । एक प्रतिनिधिलाई मतदान गर्न औसत ३० देखि ४० मिनेटसम्म समय लागिरहेको निर्वाचन समितिले जनाएको छ । यही गतिमा मतदान जारी रहेमा सम्पूर्ण मतदान सम्पन्न हुन कम्तीमा १० घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित आमनेसामने छन् । दुबै पक्षले आ–आफ्नो पक्षमा मत तान्न अन्तिम प्रयास गरिरहेका छन् । मतदान ढिलाइका कारण महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित हुने देखिएको छ ।
निर्वाचन समितिले प्रक्रिया सहज बनाउन थप व्यवस्थापन गर्ने प्रयास गरिरहेको जनाएको छ ।











प्रतिक्रिया