राष्ट्रियता संकटमा, एमाले केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्छ : पदम गिरी


काठमाडौँ ।

नेकपा एमालेका नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न अवस्थामा रहेको भन्दै पार्टीलाई केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

बुधवार नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान र राष्ट्रियताको रक्षा गर्न दृढ तथा बलियो नेतृत्व आवश्यक रहेको बताउनुभयो।

देश जटिल परिस्थितिमा रहेकाले यस समयमा केपी ओलीको नेतृत्व अपरिहार्य भएको उहाँको भनाइ थियो। पार्टीभित्र पनि केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने विषयमा अधिकांश प्रतिनिधिहरूको मानसिकता तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।