स्वच्छ प्रतिस्पर्धा एमालेको विधि : नेता बर्तौला


काठमाडौँ ।

नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिस्पर्धा एमालेले स्वीकारेको विधि भएको बताउनुभएको छ। बुधबार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले नेकपा एमाले अहिले पनि जनताको प्रिय पार्टी भएको उल्लेख गर्दै वर्तमान जटिल राजनीतिक परिस्थितिमा निकास दिन सक्ने क्षमता एमालेसँग मात्र रहेको बताउनुभयो। मुलुकलाई संवैधानिक तथा लोकतान्त्रिक मार्गबाट अघि बढाउने जिम्मेवारी एमालेले लिने उहाँको भनाइ थियो।

नेता बर्तौलाले महाधिवेशनमार्फत पार्टीलाई अझ एकताबद्ध बनाउँदै राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गरिने बताउनुभयो। साथै, निर्वाचित नेतृत्वले पार्टीभित्रका सबै भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।