सुरम्यलाई स्वर्ण


काठमाडौं ।

ललितपुर महानगरपालिका ८ की सुरम्य शाक्यले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेकी छन् । सुरम्यले मंगलबार यु–१६ सिंगल्स गल्र्समा स्वर्ण जितेकी हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुरम्यले भक्तपुर ५ की नर्मदा खाइतुलाई ११–४, ११–५, ८–११ र ११–५ को सेटमा पराजित गरिन् । भक्तपुर २ की उरवी सुवाल र ललितपुर १७ की अर्सना महर्जन संयुक्त रुपमा तेश्रो भए ।

स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । अनरको मुख्य प्रायोजन तथा एनआईइसी एडुकेसन कन्सल्टेन्सी र एभरेष्ट फेसनको सह–प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबारसम्म जारी रहने छ ।