ग्रीन सबैभन्दा बढी रकम पाउने खेलाडी


नयाँ दिल्ली ।

अस्ट्रेलियाका क्यामरोन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् ।

मंगलबार युएईमा भएको अक्सनमा ग्रीनको बेस प्राइस २ करोड भारु थियो । तर, उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारुमा किन्यो ।

आईपीएल इतिहासमै कुनै पनि विदेशी खेलाडीले पाएको यो सबैभन्दा ठूलो रकम पनि हो । यसअघि सन् २०२४ मा अस्ट्रेलियाकै मिचेल स्टार्कलाई कोलकाताले २४ करोड ७५ लाख भारु खर्चेको सबैभन्दा ठूलो रकम थियो ।
ग्रीनले आईपीएलमा मुम्बई इन्डियन्स (२०२३) र रोयल च्यालेन्जर्स बैंगलोर (२०२४) बाट कूल २९ खेल खेलेर ७ सय ७ रन बनाएका छन् । उनको ब्याटिङमा एक शतक र २ अर्धशतक सामेल छन् ।

ग्रीनले पूरै रकम पाउने छैनन्अक्सनमा २५ करोड २० लाख भारुमा बिके पनि ग्रीनले पूरै रकम भने पाउने छैनन् । गत सिजनमा नियम बनाएअनुसार आईपीएलमा १८ करोड भारुभन्दा बढी दिइने छैन । यदि, यो रकमभन्दा बढीमा बिक्री भएमा भारत वा भारतबाहिरका देशका खेलाडीका लागि १८ करोड भारु मात्रै दिइनेछ । जसअनुसार ग्रीनले पनि १८ करोड मात्रै पाउने छन् ।

ग्रीनको ७ करोड २० लाख बीसीसीआईलाई
ग्रीनले तलब सरह १८ करोड पाउँदा उनलाई खर्चेको बाँकी ७ करोड २० लाख भारु भने बीसीसीआईको खातामा जान्छ । यो रकमले खेलाडीको कल्याण योजनाहरूमा खर्च गरिनेछ । खेलाडीलाई किनेमा ती खेलाडीले १८ करोड