नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै


काठमाडौँ ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ । प्राविधिक समस्याका कारण मङ्गलवारका लागि तय गरिएको मतदान बुधबारका लागि सारिएको हो ।

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लागेपछि आयोगको निर्देशनअनुसार एक दिन मतदान स्थगित गरिएको उनले बताए ।

नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा रहेका छन् ।