देशभर मौसम मुख्यतया सफा


काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका केही स्थानमा हुस्सु लागेको छ ।

दिउँसो देशभर मौसम सफा रहनेछ भने राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । भोलि पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।