धुलिखेलमा महेन्द्र जयन्ती मनाइयो


धुलिखेल।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित सरस्वती बजारमा आज राष्ट्रवादी राजा स्वर्गीय श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको स्मृतिमा महेन्द्र जयन्ती मनाइएको छ।

नेपाली आत्मनिर्भर अर्थतन्त्र र स्वाभिमानी परराष्ट्र नीतिका प्रणेता राजा महेन्द्रको योगदानको स्मरण गर्दै काभ्रे जिल्लाका राष्ट्रवादी नागरिकहरूको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धुलिखेलको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले राष्ट्रको सर्वाङ्गीण विकासमा राजा महेन्द्रले पुर्‍याएको योगदान ऐतिहासिक र दूरदर्शी रहेको उल्लेख गरे। मन्तव्य राख्नेहरूमा बुद्धराम वेञ्जु श्रेष्ठ, राप्रपाका नेता रञ्जिव श्रेष्ठ तथा स्थानीय बुद्धिजीवी झवारलाल योगल श्रेष्ठलगायत रहेका थिए।

वक्ताहरूले राष्ट्रिय स्वाभिमान, आत्मनिर्भरता र सुदृढ राष्ट्र निर्माणमा राजा महेन्द्रको भूमिका आज पनि उत्तिकै प्रेरणादायी रहेको बताए।