एमाले महाधिवेशन: मतदान स्थगित, बुधबार विहान ८ बजेबाट सुरु हुने


काठमाडौँ।

नेकपा (एमाले) को जारी ११औँ महाधिवेशन अन्तर्गत आज मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ। पटक–पटक समय सर्दै राति ८ बजेका लागि तय गरिएको मतदान अन्ततः भोलि (बुधबार) बहिन ८ बजेका लागि सारिएको हो।

मतदान गर्नका लागि लामो समयदेखि लाइनमा बसिसकेका महाधिवेशन प्रतिनिधिहरूलाई हलमा बोलाएर नेता शंकर पोखरेलले प्राविधिक कारणले गर्दा भालि बिहान ८ बजेदेखि मात्र मतदान हुने जानकारी दिएका हुन्।

यसअघि दिउँसो २ बजेदेखि सुरु हुने भनिएको मतदान साँझ ७ बजे र त्यसपछि ८ बजेका लागि सारिएको थियो।

मतदान भृकुटीमण्डपमै हुनेछ।