काठमाडौँ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन ढिलाई भइरहेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आज (मंगलबार) साँझ ७ बजेदेखि मतदान सुरु हुनुपर्ने थियो । तर, त्यसको १ घण्टा बितिसक्दा पनि मतदान सुरु भएको छैन ।
एमालेको निर्वाचन आयोगले भने प्राविधिक तयारी नपुगेकाले मतदानमा ढिलाई भएको जनाएको छ। यद्यपि, प्रतिनिधिहरू भने नेतृत्व चयनका लागि मतदान गर्न लाइनमा बसिसकेका छन् ।
केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षका लागि चुनावी मैदानमा छन् । ओली र पोखरेल दुवैले छुट्टाछुट्टै प्यानल बनाएका छन् ।











प्रतिक्रिया