उपाधि नवलपुर टाइटन्सलाई


हेटौंडा ।

हेटौंडा–११ स्थित वागेश्वरी टोलविकास संस्थाको आयोजनामा भएको सहिद स्मारक प्रिमियर लिगको उपाधि नवलपुर टाइटन्सले जितेको छ । फाइनल खेलमा नवलपुर टाइटन्सले गोल्फिन्टार किंग्सलाई ८ विकेटले पराजित गरेको हो । गोल्फिन्टारले १९ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन बनाएको थियो ।

जवाफमा नवलपुरले १० ओभरमा २ विकेट क्षतिमा विजयी लक्ष्य पूरा गरेको हो । फाइनलमा म्यान अफ दी म्याच नवलपुर टाइटन्सका असिम श्रेष्ठ घोषित भए । उनले नगद १ हजार प्राप्त गरे । विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गरे ।