कालिकोट।
नेपाली कांग्रेस कालीकोटमा प्रतिनिधि उम्मेदवार सिफारिसमा विवाद भएपछि दुई समूहको छुट्टा छुट्टै सिफारिस भएको छ । सभापति अम्बबहादु शाहीले बैठक स्थगित गरेर राति सिफारिस गरेको भन्दै उपसभापति मीनबहादुर बोगटी समूहले पनि छुट्टै नाम सिफारिस गरेको हो ।
सभापति शाहीले आफूसहित युवा नेता भुपेन्द्रजंग शाही र सीता रावलको नाम सिफारिस गरेका छन् । शाहीले यही मंसिर २६ गतेको मितिमा आकांक्षी उम्मेदवार सिफारिस गरेका थिए । त्यसको भोलिपल्ट शनिवार उपसभापति बोगटीले छुट्टै नाम सिफारिस गरेका छन् ।
उपसभापति बोगटीले प्रतिनिधि सभातर्फका लागि हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशर जंग बम र जीवन सुवेदीको नाम सिफारिस गरेका छन् । यी नाम सभापतिले सिफारिस गरेको सूचीमा छैनन् ।
यस्तै समानुपातिकतर्फ कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार, भरत विक सिफारिस भएका छन् । राष्ट्रिय सभातर्फ विष्णुबहादुर शाही दानबहादुर बमको नाम सिफारिस गरिएको छ ।
आइतबार विहान उपसभापति मिन बहादुर बोगटी,पूर्व सभापति हर्शबहादुर बम,नेता नारायण भट्टराइ,दमनराज बम,दानबहादुर बम,नरेश बम,मथुरा जैसी,अमलराज शाही,पूर्णबहादुर सिंह लगायतका नेताहरुले पत्रकार सम्मेलन गरेर सभापति अम्ममबहादुर शाही लगाएतले विधि र विधान मिचेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ति अनुसरा सभापति शाहीले पार्टीको विधि र विधान मिचेर मनोमानि नेता कार्यकर्ताको भावना विपरित सिफारिस गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा काठमाडौँ ,ब्यैलोर भएका पदाधिकारीको किर्ते हस्ताक्षर गरेर बहुमत पुगाइएको बताएका छन् ।















प्रतिक्रिया