ट्रान्सपरेन्सी इन्टरनेशनद्वारा महान्यायाधिवक्ता भण्डारी निलम्बन


काठमाडौँ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआईएन) ले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यताबाट निलम्बन गरेको छ । ट्रान्सपरेन्सीको कार्यसमितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता भण्डारी पछिल्लो समय विवादमा मुछिएपछि ट्रान्सपरेन्सीभित्रबाट राजीनामा दिन दबाब परेको थियो । तर, उनले राजीनामा नदिएपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निलम्बनको निर्णय गरेको हो ।

ट्रान्सपरेन्सीका एक सदस्यका अनुसार भण्डारी सार्वजनिक पदमा रहेकाले र उनीमाथि विभिन्न प्रश्न उठ्न थालेपछि सदस्यता निलम्बन गरिएको हो । हालका लागि उनको पद तत्काल स्थगनमा राखिएको ती सदस्यले बताए ।

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी साधारण सदस्य थिइन् ।