मनाङ केन्द्रविन्दु भएर भूकम्प


काठमाडौँ।

मनाङको थोचे केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार अपराहन्न १२ बजे ५४ मिनेट जादा मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पहरू गइरहेका छन् । गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।