सुन महँगियो, चाँदी सस्तो


काठमाडौँ ।

आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आइतबार बढेर २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।