पोखरा ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ डिसेम्बर ९, शुक्रबार पोखरास्थित ग्रान्ड होटेलमा भव्य रूपमा सम्पन्न गरेको छ।
समारोहमा बिए (अनर्स) बिजनेस प्रशासन तथा बिएस्सी (अनर्स) कम्प्युटिङ कार्यक्रम पूरा गरेका विद्यार्थीहरू दीक्षित भएका थिए। कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित कलेजले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रदान गर्ने पोस्टग्राजुएट छात्रवृत्ति यस वर्ष श्री मनिष धमलालाई प्रदान गरिएको छ। उनले इस्लिङ्टन कलेजमा एमएससी आईटी अध्ययन गर्नेछन्।
समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष श्री सुलभ बुढाथोकीसहित शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले स्नातक विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सीपमूलक र अन्तर्राष्ट्रियस्तरको शिक्षाको महत्वमा जोड दिएका थिए।












प्रतिक्रिया