रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता सम्पन्न


रुकुम पूर्व।

रुकुमकोटमा पहिलोपटक आयोजना भएको इन्डोर स्केटिङ प्रतियोगिताको सिनियर पुरुष तर्फ निरज मल्ल बिजेता बनेका छन, तेसै गरि नबिन पुन दोश्रो र सुशील श्रेष्ठ तेस्रो भएका छन र सिनियर महिला तर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोश्रो र बर्षा रोका तेश्रो बनेकी छिन्, पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन |

प्रतियोगिताको जुनियर पुरुष तर्फ क्रिश बिक्रम बिजेता, जेनिश श्रेष्ठ दोश्रो र मिकल नेपाली तेश्रो भएका छन र जुनियर महिला तर्फ युनिका बि.के. बिजेता, आयुष्मा रोका दोश्रो र सुईसान्मी रोका तेश्रो बनेकी छिन्, विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन |

युवा जमातका बिच लोकप्रिय खेल स्केटिङको बिकाश, प्रबर्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको संघका अध्यक्ष अचुत खनालले जानकारी  दिनु भयो ।