राष्ट्रिय टिम उपाधि दोलखा चेसले जित्यो


ललितपुर।

ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न आठौं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ ।
ललितपुर क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन भएको सात चरणको प्रतियोगितामा दोलखा चेस होम्सले ६ खेलमा जीत र एक हारको नतिजा निकालि १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर राष्ट्रिय च्याम्पियन बन्न सफल भयो । यस्तै, दोलखा जिल्ला संघले पाँच जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै १२ अंक १९.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थान हासिल ग¥यो ।

यसैगरी शुरुवातदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएको ललितपुर महालक्ष्मी नगरपालिका टिमले चार जित, दुई बराबर र एक खेलमा हार ब्यहोर्दै १० अंकका साथ तेस्रो स्थानमा प्रतियोगिता टुंग्याएको थियो ।

ललितपुर महानगरपालिका टिमले दाबेदारी प्रस्तुत गरे पनि महत्वपूर्ण दुई खेलमा हार बेहोरेपछि ९ अंक प्रोग्रेसिभ १७ प्वाइन्टका आधारमा चौथो स्थानमा रहनु परेको थियो ।

गत संस्करणको विजेता थापाथली चेस पार्कले समान जित हात परिणाममा ९ अंक जोडेर १६.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं स्थानमा रह्यो । शीर्ष चार स्थान हासिल गरेका टिमले क्रमशः २ लाख, १ लाख, ६० हजार र ४० हजार नगद प्राप्त गरे ।

यसैगरी, महालक्ष्मी नगरपालिकाका क्षितिज भण्डारी, सुरोज महर्जन र कमल श्रेष्ठ तथा दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईं र मध्यपुर ठिमीका अभिक शाहले उत्कृष्ट हुँदैं जनही नगद १० हजार प्राप्त गरे ।